शुक्रबार, बैशाख १४, २०८१

सुन्दर अभियानले समर्थन पाउँदै

काठमाडौं बैशाख २५ ,  जनकपुर–भिठ्ठामोड सडक निर्माणको काम अविलम्ब प्रारम्भगर्न ‘सडक बनाऊ या फाँसी देऊ, किस्तावन्दीमा मृत्यु चाहिंदैन’ नाराका साथ सडकखण्डको विभिन्न चोकहरुमा सांकेतिकरुपमा एक घण्टे सडक अवरुद्धको कार्यक्रम ल्याइ संघर्ष गरिरहेका सुन्दर IMG_0064[1] IMG_0084[1]अभियानीहरुले चौतर्फी समर्थन प्राप्त गर्दै छन् । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा यातायात मन्त्रीलाई ज्ञापन पत्र बुझाई वैशाख १९ गतेबाट एकघण्टे सडक अवरुद्ध गर्दै उनीहरु आन्दोलित छन् ।

सडकको कारण दिनहुँ गाडी दूर्घटना भई मृत्यु हुने गरेको, घाइते हुनेगरेको, सडक छेउका गाँउवासी र सडकमा यात्रा गर्नेहरु धुलोको कारण विभिन्न रोगको शिकार भइरहेको, सडकमा भएको खाल्डाखुल्डीको कारण एम्बुलेन्समा समेत जनकपुर लग्दै गरेको रोगीले बीचबाटोमै ज्यान गुमाउने गरेकाछन् । कतिपय गर्भवतिले सडकको अवस्थाको कारण आफ्नो गर्भ तुहाउने गर्छिन् । सडकको अवस्थाको कारण भारतबाट जनकपुरकालागि आउने तिर्थयात्रीको संख्यामा कमी भएको छ भने यस सडकमो मारमा प्रत्यक्षरुपमा भिठ्ठामोड भन्सार परेको छ ।
हरेक पेशा र क्षेत्रकोलागि भिठ्ठामोड–जनकपुर सडक निर्माण आवश्यक भएपनि जनता तथा सरोकारवाला निकाय मौन रहेको अवस्थामा सुन्दर अभियन्ताहरुको सडक संघर्षले जनतामा आशा पलाउन थालेको छ ।

पिपराबाट सडक अवरुद्धको कार्यक्रम प्रारम्भ गरेका सुन्दर अभियानीहरु प्रकौली, सहोडवा चाँदनी चौक, प्रकौली, बिन्ही, पर्सापुल, जलेश्वर जीरो माइल र लादो बेलामा १/१ घण्टे सडक अवरुद्धको कार्यक्रम गरिसकेका छन् भने आइतवार जलेश्वरको खैरा चोक, सोमवार दूधमतिपुल, मंगलवार मलिवारामा सडक जाम गर्ने कार्यक्रम रहेको सुन्दर अभियानी मनोज झा मुक्तिले जानकारी दिनुभएको छ ।

शनिवार भएको सडक अवरुद्ध कार्यक्रममा नेपाल प्राध्यापक संघ, मटिहानी क्याम्पसका सभापति राजेश कुमार चौधरी, निजामति कर्मचारी यूनियन संघ महोत्तरीका सचिव विजय कुमार चौधरीले सडकको दुरावस्थाको मारमा जनकपुरबाट ओहोर दोहोर गर्ने प्राध्यापक तथा कर्मचारी प्रत्यक्ष पर्ने गरेकाले सुन्दर अभियानको सडक संघर्षमा आफूहरुको ऐक्यवद्धता रहेको बताए । जलेश्वर जीरो माइलमा नेपाल पत्रकार महासंघ महोत्तरीका सभापतिले आफूहरुको ऐक्यवद्धता रहेको घोषणा गरिसकेका छन् । लादो बेलाको सडकको मंचलाई नेसपाका के.स. रमण कुमार पाण्डे, विवेकानन्द ठाकुर, मनोज झा मुक्ति लगायतले जनतालाई आफ्नोलागि आफै आवाज उठाउन आग्रह गरेका थिए । वैशाख २९ गते बुधवार भिठ्ठामोड –जनकपुर सडकखण्डको हरेक चोक साढे ९ बजे देखि साढे १० बजेसम्म सडक ठप्प पार्ने कार्यक्रम रहेको सुन्दर अभियानले जनाएको छ ।