बिहिबार, चैत्र १५, २०८०

फुजेल हत्या प्रकरणःजाहेरवाला झिकाउन आदेश

चितवन वैशाख २३,  गोरखका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको आज जिल्ला अदालत चितवनमा सुनुवाइ हुने भनिएकामा जाहेरवाला मृतकका दाजु नुरप्रसाद उपस्थित नभएपछि अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले पुनः एक पटक Chitwan-adalatजाहेरवाला झिकाउन आदेश दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रस्तुत हत्या प्रकरणका एक जना जाहेरवाला कृष्णप्रसादका पिता नन्दप्रसादको मृत्यु भइसकेको छ भने अर्का जाहेरवाला नुरप्रसाद उपस्थित नभएपछि पुनःजाहेरवालालाई झिकाउन आदेश दिइएको जिल्ला अदालत चितवनका अधिकारीलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।