शनिबार, बैशाख १५, २०८१

नारायणी अनलाईन तेस्रो वर्षमा

चितवन वैशाख ३०, नारायणी मिडिया हाउस प्रा।लि।द्धारा चितवनबाट संचालित लोकप्रिय अनलाईन (डिजिटल) पत्रिका नारायणी अनलाईन डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमै पाठक, दर्शक र श्रोताको मन जित्दै लोकप्रिय बन्न सफल अनलाईनले स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा जनतालाई सुसूचित पार्दै अघि बढ्ने जनाएको छ ।
अनलाईनले आज यहाँसम्म ल्याई पुर्याउन सहयोग गर्ने विज्ञापन दाता, कर्मचारी, शुभेच्छुक सबैमा धन्यवाद प्रकट समेत गरेको छ । मूख्य अ Online_anniversary_12[1]कार्यालय चितवन रहेको यस अनलाईनले नेपालगञ्जमा समेत क्षेत्रीय कार्यालय संचालनमा गरिसकेको जनाएको छ ।

कार्यक्रमका अतिथि प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले डिजिटल युगमा अनलाईनको भूमिका निकै महत्वपूर्ण रहेको जनाउँ दिदै नारायणी अनलाईनको खबर विश्वसनीय र सत्य, तथ्य र निष्पक्ष भएको बताउँदै नारायणी अनलाईनले नै लेखेको समाचारका आधारमा प्रशासनले धेरै कुराहरुमा सुधार गरेको भन्दै सकारात्क र नकारात्मक दुवै कुरालाई बाहिर ल्याउनुपर्ने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ चितवनका सभापति हरिप्रसाद पोखरेलले अहिलेको डिजिटल युगमा नारायणी अनलाईनले चितवनका गतिविधिसंगै हरेक क्षेत्रका समाचारलाई विश्वभर पु-याउन सफल भएको बताउँदै चितवनमा व्यावसायीक अनलाईनको विकास गरेको नारायणी अनलाईनलाई अझै सबैको विश्वास जित्दै अघि बढोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको उक्त कार्यक्रमका जिल्लाका राजनीतिक दलहरुले नारायणी अनलाईनले पाठक, दर्शक र श्रोताहरुलाई छिटो र विश्वसनीय समाचार दिन सफल भएकोमा प्रशंसा व्यक्त गरेका थिए । नेकपा एमालेका भरतपुर नगरइन्चार्ज भक्ती गौतम, एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियार ,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चितवनका सचिव जीवलाल पुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामहरि कँडेल, राष्ट्रिय जनमोर्चाका सचिव पुष्पकमल सुवेदीले पनि नारायणी अनलाईनको प्रशंसा गर्दै आगामि दिनमा अझै प्रगती गर्दै अघि बढोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस्तैगरि उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ ,चितवन उद्योग संघका उपाध्यक्ष एवंम व्यावसायी त्रिलोचन कँडेल , नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संगठनका नारायणी अंचल सदस्य प्रकाश ज्ञवालीले मन्तव्य व्यक्त गर्दै नारायणी अनलाईनले खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँहरुले संचारमाध्यमलाई टिकाई राख्न सबैको सहयोग आवश्यक रहेको भन्दै भाषणमा मात्र नभई व्यवहारमा सहयोग हुनु जरुरी रहेको बताए । उनीहरुले अनलाईनलाई टिकाई राख्न उद्योगी व्यवसायीहरुले पनि अन्य संचारमाध्यमलाई जस्तैगरि अनलाईन मिडियालाई सहयोग गर्न जरुरी रहेको बताएका थिए । यसैवीच अनलाईन डटकमले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा आफ्ना संवाददाताहरु मध्ये उत्कृष्ट संवाददाता विकास पौडेल र जिल्ला संवाददाताहरु यसरी मध्यकै उत्कृष्ट संवाददाता ज्ञानु पंगेनीलाई सम्मान गरेको छ ।