बिहिबार, बैशाख १३, २०८१

सडक सुरक्षा सप्ताहको अन्तरक्रिया

बिर्तामोड वैशाख ३०,  नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रहरी– जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा जारी सडक सुरक्षा सप्ताह अन्तर्गत आज विहीवार बिर्तामोडमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र बिर्तामोडको सभाहलमा Captureभएको कार्यक्रमलाई सम्बोधन गर्दै  ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठले दुर्घटना न्यूनीकरण सरोकारवालाबीचको सहकार्यले मात्र सम्भव भएको बताए । सबैले आफ्नो कर्तव्य बुझे कुनै पनि समस्या नआउने, सडक दुर्घटना नहुने र हालको ऐन नै काफी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले मानवीय सेवामा समर्पित रेडक्रसले पहिलोपटक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरेको सडक सुरक्षा सप्ताह सार्थक भएको बताए । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सडक दुर्घटना रोक्न सबैको समान दायित्वबोध गर्न सप्ताह प्रभावकारी भएको बताए । ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उनले सप्ताह अन्तर्गत हालसम्म सञ्चालित कार्यक्रम र प्राप्त उपलब्धि बारे जानकारी गराएका थिए ।  कार्यक्रममा मेची यातायात संघका राजेन्द्र बस्नेत, अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, वीरता जेसीजका अध्यक्ष एवम् रेडक्रस उपशाखाका सभापति सजेश शिवाकोटी, यातायात व्यवसायी श्रीप्रसाद मैनाली, विदुर तिवारी लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । कार्यक्रममा सहभागीले सवारी चालकलाई सवारी चालक अनुमति पत्र लिनुअघि नै आवश्यक प्रशिक्षण दिइनुपर्ने, सडक ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने, विद्यालय तहबाटै पाठ्यक्रमको व्यवस्था गरी ट्राफिक शिक्षा प्रदान गर्नुपर्ने, सडकमा छोडिएका चौपायालाई प्रहरीले नियन्त्रणमा लिइनुपर्ने, सडकमा राखिएका निर्माण सामग्री हटाउनुपर्ने सुझाव दिइएको थियो ।