शनिबार, बैशाख १५, २०८१

पौडेलले काँग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिने

काठमाडौ चैत्र २१, नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टीको सभापति पदमा देउवासँग नेता पौडेल पराजित हुनुभएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यही चैत ब’धवार हुने काँग्रेस संसदीय दलको निर्वाचनमा उम्मेदवारी दिने ुभएको छ । पौडेल पक्षीय  नेताहरूको आज भएको भेलाले नेता पौडेललाई सर्वसम्मतिबाट संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

निर्वाचन गर्न पार्टीले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाई निर्वाचनको तयारी गरिरहेको छ । नयाँ संविधानअनुसार पार्टीले संसदीय दलको विधान संशोधन गर्न सोमबार संसदीय दल र केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।