शनिबार, बैशाख ८, २०८१

आजबाट एमाओवादी केन्द्रीय समितिका बैठक बस्दै

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम एवम् आफु समेत सहभागी गठबनधन सरकारको काम समीक्षा गरिने

काठमाडौ चैत्र ५ , एमाओवादीको आज देखि पार्टी मुख्यालय कोटेश्वरमा केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठकमा मुलत मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम एवम् आफु समेत सहभागी गठबनधन सरकारको काम कारबाहीको समीक्षालगायत विषयमा छलफल हुने downloadबताईएको छ ।

विहिवार पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठककमा सरकार सञ्चालनमा समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले समेत जनताको पक्षका काम गर्न नसकेकोले प्रस्तुत सवालमा समीक्षा गर्दै विद्यमान कमजोरी भएका विषय सुधार गर्दै लान आवश्यक कार्य निति तय गर्न भन्दै आजबाट बैठक बस्न लागेको बताईएको छ । साथै बैठकमा प्रदेश इन्चार्ज एवम् सचिवले आआफ्नोे प्रदेशका बारेमा प्रतिवेदन पेस समेत पेश गर्ने कार्यक्र समेत रहेको छ ।