बुधबार, बैशाख १२, २०८१

काँग्रेसको मौजुदा विधानमा व्यवस्था रहेको व्यवस्था संशोधनका लागि छलफल सुरु, सहमतिपछि अनुमोदनको लागि केस बैठकमा आजै पेश गरिने

काठमाडौ चैत्र २२, आगामी बुधवार हुने संसदीय दलको नयाँ निर्वाचनका आवश्यक संसदीय दलको विधान संशोधनका लागि नेपाली काँग्रेसले संसदीय विशेष छलफल गरेको छ । नयाँ राजनीतिक परिवेशअनुसार विधान संशोधन गर्न आज संसदीय दलको बैठकमा सो nc flageसम्बन्धमा छलफल सुरु गरेको हो ।  छलफलबाट दलको मौजुदा विधानमा व्यवस्था रहेको अन्तरिम संविधान, २०६३ को सट्टा संविधान, त्यस्तैगरि संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द संशोधन गरिने काँग्रेसले जनाएको छ ।

त्यस्तै बैठकपछि प्रस्तुत एजेन्दामा सहमति कायम गर्दै आजै बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्ने तयारी भएको बुझिएको छ भने काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।