शनिबार, बैशाख १५, २०८१

आयोगलाई असहयोग गरे संयुक्त राष्ट्रसंघलाई गुहार्न बाध्य हुने चेतावनी

उदयपुर चैत १९, वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य तथा प्रवक्ता बिष्णु पाठकले वेपत्ता छानविन गर्ने कार्यमा आयोगलाई सरकारले असहयोग गरे आफुहरु संयुक्त राष्ट्रसंघलाई गुहार्न बाध्य हुने चेतावनी दिएका छन । आयोगले शुक्रबार गाईघाटमा IMG_5443आयोजना गरेको पीडित परिवार र सरोकारवालासँगको अन्तरक्रियामा बोल्दै पाठकले आयोगलाई काम गर्न दिईएन भने अन्तराष्ट्रिय अदालतमा जाने बताए ।

उनले सरकारले सहयोग गर्न नसक्दा वेपत्ताको छानविन प्रकृया अगाडी बढाउन ढिलो गरेको जानकारी दिए । ‘वेपत्ता आयोगको प्रस्तावित नियमावली सरकारले काँटछाँट गरी आयोगको क्षेत्राधिकार साँघुरो बनाएको छ ।’ प्रवक्ता पाठकले भने ‘नियमावलीमा वेपत्ता पार्नेलाई पक्राउपुर्जी जारी गर्ने, तारेखमा राख्ने, राहदानी रोक्का गर्ने लगायतका व्यवस्थालाई कटौती गर्दा कामकारवाहीमा अवरोध सृजना भएको छ ।’
जिल्लामा वेपत्ता पारिएका २३ व्यक्ति मध्ये १७ जनाले अझै पनि राहत पाएका छैनन् । वेपत्ता परिवारहरुले बेपत्ताको अवश्था सार्वजानिक नगरिँदा आफुहरुलाई संस्कार गर्न गार्हो भएको गुनासो गरेका थिए । कार्यक्रममा सहभागि मानवअधिकारकर्मीहरुले दोषिलाई कारवाही गर्न ऐन कानुन नबनेसम्म पीडित परिवारले न्यायको अनुभूति गर्न नसक्ने बताएका थिए । कार्यक्रममा सशस्त्र द्वन्द्वकाक्रममा वेपत्ता भएका व्यक्तिका आफन्तले अझैपनि राहत नपाएको गुनासो पोख्नुभयो ।

वेपत्ता परिवारका सदस्य त्रियुगा नगरपालिका १ का लक्षीमाया आचार्यले वेपत्ता आफ्नो कान्छो छोराको सास कि लास दिनु पर्याे भनेर आयोग समक्ष प्रश्न गरिन ।  वेपत्ता हरी फुयाँलकी पत्नी दुर्गादेवी फुयाँलले छोराछोरीको शिक्षादिक्षा र पालनपोषणमा समस्या भएको गुनासो राखिन । बेपत्ता परिवारले अनुसन्धानलाई तिव्रता दिई घटनालाई वाहिर ल्याउन आयोग समक्ष आग्रह गरिएको थियो । कार्यक्रममा सहभागि मानवअधिकारकर्मीहरुले दोषिलाई कारावही गर्न ऐनकानुन नबनेसम्म पीडित परिवारले न्यायको अनुभूति गर्न नसक्ने बताएका थिए ।

तुलसी प्रसाद कोईराला