बुधबार, बैशाख १२, २०८१

मापदण्ड विपरीत खाद्य वस्तु उत्पादन गर्ने पूर्वाञ्चलका ११ उद्योगविरुद्ध मुद्धा दर्ता

मोरङ चैत १९,  क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य वस्तु उत्पादन गरेको अभियोगमा पूर्वाञ्चलका ११ उद्योगका उत्पादनविरुद्ध मुद्दा चलाएको छ ।  क्रममा मापदण्ड विपरीत खाद्य वस्तु खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय उत्पादन गरेको अभियोगमा गर्ने पूर्वाञ्चलका ११ उद्योगविरुद्ध मुद्दा चलाइएको हो ।

पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका का अनुसार यसरी मुद्दा चलाइएको उद्योगमा क्रमस विके मसला उद्योग, डेरी फ्रेस उद्योग वीरगन्ज, नेपाल वेलहोप एग्रोटेक प्रालि टङ्किसिनुबारी, स्टार फिड इन्ड्रस्ट्रिज झापा, मिल्कफुड डेरी प्रोडक्ट बारा, बुधकरण टी प्याकेजिङ झापा, केवि एन्ड सन्स नेपाल लहान, प्रवीण बटारे बिस्कुट बेकरी झापा, श्रीराम रिफाइन आयल प्रोडक्ट प्रालि, पेरी फ्रेस उद्योग वीरगन्ज र मिल्क फुड डेरी रहेको जनाउँदै यि उद्योगबाट उत्पादित उत्पादनको गत मङ्सिरदेखि फागुनसम्मको चार महिनाको अवधिमा बजार अनुगमन गर्दा मापदण्डविपरीत बजारमा बिक्री–वितरण गरिएको पाइएपछि मुद्दा चलाइएको जनाएको छ ।