शनिबार, बैशाख ८, २०८१

बिर्तामोडमा मुटुरोग उपचार शिविर

बिर्तामोड चैत १९ ,  झापाको बिर्तामोडस्थित पूर्ण–टुङ्ग विर्ता सिटी हस्पिटलमा आजबाट गम्भीर मुटु रोगीहरुको विशेष उपचारका लागि दुई दिने शिविर सञ्चालन गरिएको छ । वरिष्ठ मटुरोग विशेषज्ञ भगवान कोइरालाको प्रमुख आतिथ्यतामा सुरु गरिएको उक्त शिविर नेपाल 1 vरेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, वीरता जेसीज र उक्त हस्पिटलले संयुक्त रुपमा आयोजना गरेको हो ।

शिविरमा मनमोहन कार्डियो थोरासिस, टिचिङ हस्पिटल काठमाडौं, शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौं र बिर्ता सिटी हस्पिटलमा उपचार गराई रहेका तथा अन्य मुटुका गम्भीर रोगीहरुको उपचार भइरहेको हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार शिविरमा ३ सय विरामीको मात्र स्वास्थ्य परीक्षण हुने र गम्भीर विरामीलाई प्राथमिकता दिने बताइएको छ । शिविरमा प्रो. डा. कोइरालासहित काठमाडौंबाट आएका डा। हेमन्त श्रेष्ठ, डा.रवि बराल, डा. सूर्य पाठक तथा बिर्ता सिटी हस्पिटलका मेडिकल डाइरेक्टर तथा मुटुरोग विशेषज्ञ डा. अनिलकुमार बस्नेतले मुटु रोगीको उपचार गरिरहेको बताइएको छ ।