शुक्रबार, बैशाख १४, २०८१

श्रीमतीको स्मृतिमा रेडक्रसलाई आर्थिक सहयोग

बिर्तामोड चैत १७, झापा बिर्तामोडका समाजसेवी परशुराम ढकालले आफ्नी श्रीमती तुलसा ढकालको स्मृतिमा नेपाल रेडक्रस सोसाइटी redउपशाखा बिर्तामोडलाई ५१ हजार १ सय १३ रुपैयाँ सहयोग प्रदान गरेका छन् । ९४ वर्षीय ढकालले श्रीमती तुलसाको पुण्य तिथिको दिन आज बुधवार रेडक्रस उपशाखाका सभापति सजेश शिवाकोटीलाई सो रकम हस्तान्तरण गरेको सचिव एकराज गिरीले जानकारी दिए ।

मानवीय सेवाका लागि समाजसेवी ढकालले गरेको सहयोगको सराहना गर्दै रेडक्रस सभापति शिवाकोटी, उपसभापति निर्मलकुमार भट्टराई, सदस्य किरण श्रेष्ठ र विशिष्ठ सदस्य रंगलाल न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा ढकालका छोरा सुरेश र बुहारी तथा रेडक्रस बिर्तामोडकी सदस्य तारा निरौला ढकालको समेत उपस्थिति थियो ।