शुक्रबार, बैशाख १४, २०८१

किसान महासंघ क्रान्तिकारीद्दारा प्रजिअ सिहलाइ ध्यानाकर्षण सहितको ज्ञापन

काठमाडौ चैत १८ अखिल नेपाल किसान महासंघ क्रान्तिकारी जिल्ला समिति चितवनले आज प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिह समक्ष ज्ञापन पत्र बुझाएको छ । सरकारले वितरण गर्ने भनिएको किसान परिचय पत्र बिना सर्त निष्पक्ष रुपबाट बितरण गरिनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । सरकारले तयार पारेको योजनामा टाठा बाठाले मात्रै सरकारी सेवा पाउने अवस्था सृजना भएकाले आम किसानको सहभागीतामा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रिय सदस्य खेम भट्टलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

  ६० हजारको हाराहारिमा किसान रहेको जिल्लामा ७ हजारलाई परिचय पत्र बितरण गर्ने सरकारी निर्णयले ब्यवसायीक किसानको हित हुन नसक्ने राष्ट्यि ब्यवसायीक पशुपालक तथा दुध उत्पादक कृषक समाजका अध्यक्ष आनन्द न्युरे बताउछन् । बिना कोटा निसुल्क रुपमा परिचय पत्र बितरण गर्नु पर्ने,सबै किसानले परिचय पत्र पाउनु पर्ने, परिचय पत्र दिदा अनुगमन गरेर दिनु पर्ने, कृषकले प्रयोग गर्ने डिजल,पेटेल सहज र सुलभ रुपमा पाउनु पर्ने, परिचय पत्र गाबिस वा नगरपालिकाको वडा कार्यालयले सिफारिस गर्नु पर्ने, परिचय पत्र बितरणका लागी एक महिने समय अवधी तय गर्नु पर्ने लगायतका माग सहित आफुहरुले ज्ञापनपत्र बुझाएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला संयोजक नारायण बहादुर कुवरले बताए ।

 माडी नगर स्तरीय समिति गठन :  यसैबिच अखिल नेपाल किसान महासंघ क्रान्तिकारी माडी नगर स्तरीय समिति गठन भएको छ । कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ३९ सदस्यि नगर स्तरीय समिति र १३ सदस्य सचिवालय समिति गठन भएको समितिका सचिव नरबहादुर रानाभाटले बताए । कार्यक्रममा ए नेकपा माओबादिका केन्द्रिय सदस्य सन्देश पौडेल, क्षेत्र नम्वर ५ का संयोजक देडवावु सिवाकोटी,समाजसेवी ओमनाथ पाण्डे, कृषि बिकास कार्यालयका प्राबिधिक गोबिन्द बहादुर मल्ल, लगायत स्थानिय किसान अगुवाहरुको सहभागीता रहेको थियो ।