बिहिबार, चैत्र १५, २०८०

जापानी दम्पतीले बनाए विद्यालय भवन

बिर्तामोड चैत १५, झापाको बिर्तामोड ५ बुट्टावारीस्थित सरस्वती माध्यमिक विद्यालयमा जापानी दम्पत्तिले एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरी आज एक कार्यक्रमकावीच विधालय व्यवस्थापन समितिका अध्यक्ष  राजुजङ्ग कन्दङ्वालाई हस्तान्तरण गरेका छन् । मजदुर तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको भौतिक विकासका लागि जापानी दम्पत्तिलेतोसिरो हिरोता र हात्सुए हिरोताको सहयोगमा जापान टीम अफ योङ ह्यूमेन पावर (जे एच पी) र झापाको चन्द्रगढीस्थित घनश्याम स्मृति प्रतिष्ठानले चारकोठे उक्त भवन निर्माण गरेका हुन् ।

 सो अवसरमा हिरोता दम्पतीसहित जापानी नागरिकलाई नौमती बाजासहित विद्यार्थी तथा अभिभावक र सामाजिक क्षेत्रका अगुवाले आज फूलमालाले स्वागत गर्नुका साथै विद्यालयको विकासमा योगदान पु-याएको भन्दै प्रशंसा गरेका थिए । अध्यक्ष कन्दङ्वाको अध्यक्षतामा भएको समारोहमा पूर्व सांसद डिल्ली सिटौल, घनश्याम स्मृति प्रतिष्ठानका अध्यक्ष नवकुमारी खनाल , सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्ड, लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाका अध्यक्ष केदार गिरी, विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद प्याकुरेल, सञ्चालन शिक्षक विष्णुप्रसाद पोखरेल लगायतले बोल्नु भएको थियो ।