शुक्रबार, बैशाख १४, २०८१

स्वतन्त्र मधेस गठबन्धनका ३ कार्यकर्ता पक्राउ, राज्यविरुद्धको अपराध मुद्दा

(सुदीपराज कुशवाहा)
Chandeshwar_Mahato_center_sitting (2)
(चन्देश्वर महतो,)

काठमाडौं पौष २०,  डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीन जनाविरुद्ध सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ । सिरहाको लहान नगरपालिकाबाट शनिबार पक्राउ परेका गठबन्धनका तीनजनामाथि इलाका प्रहरी कार्यालय, लहानले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक कारबाहीका लागि विशेष अदालत काठमाडौँ पठाएको हो ।
प्रहरीले सिरहाको धनगडीमाई नगरपालिका विष्णुपुरकट्टी निवासी ४० वर्षीय हान नगरपालिका– ८ निवासी ३० वर्षीय विष्णुदेव चौधरी, २२ वर्षीय सन्तोष महतो, लहान नगरपालिका– २१ निवासी २० वर्षीय रमेश महतो र सोही नगरपालिका– १३ निवासी २६ वर्षीय सुदीपराज कुशवाहालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये चन्देश्वर महतो, विष्णुदेव चौधरी र सुदीपराज कुशवाहा राष्ट्रिय अखण्डतामाथि आँच आउने गतिविधिमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएकाले उनीहरुमाथि राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ । त्यस्तै उनीसँगै पक्राउ परेका सन्तोष महतो, रमेश महतोलाई तत्काल निर्दोष देखिएकाले छाडिएको प्रहरीले जनाएको छ ।