शुक्रबार, बैशाख १४, २०८१

पिकनिक मनाउँ गएका बालकको बसबाट लडेर मृत्यु

मनोज झा ,मुक्ति/ पौष २१, जनकपुर स्थित मिथिला मन्टेश्वरी स्कुलका विद्यार्थीहरु पिकनिक मनाउन सिन्धुली तर्फ गईरहेको बेला download (3)बर्दिवास ४ विपिराजमार्गमा बस मोडने क्रममा एकछात्रको बसबाट खसेर मृत्यु भएको छ ।

ना४ख ३५७९ नं।को बसमा करिव ५० जनाको समुहमा रहेका विद्यार्थीहरु पिकनिक मनाउन सिन्धुली गईरहेको वेला धनुषा पटेरवा ७ का अन्दाजी वर्ष १५ का सहमद राईन बसबाट खसेर घाईते भएपछि बर्दिवास स्थित जनसेवा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो  बस र चालक ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा छ भने वालकको शव अहिले जनसेवा अस्पतालमै राखिएको छ ।