शुक्रबार, बैशाख १४, २०८१

मधेसवादीदलका नेताहरु वार्ता छोडेर परामर्सको लागि आइतवार दिल्ली जाँदै

काठमाडौं मार्ग १९ मुलुकमा जारी संविधान प्रति असहमति जनाउँदै मधेसमा आन्दोलनको अगुवाइ गर्दै आइरहेका मधेसी मोर्चाका संगको वार्ताको क्रममा मोर्चाले मागेको ठोस प्रस्तावको अवधारणा सहित मुलुकका प्रमुखदलहरुले शुक्रवार ३ बुँदे साझा धारणा सार्वजनिक गरेपछि आफ्नो माग अनुरुपको प्रस्ताव आउँदै गर्दाका अवस्स्थालाइ छोडेर मधेसीदलका शीर्ष नेताहरु परमर्सको लागि भन्दै दिल्ली जाने भएका छन् ।

 आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली जाने तयारीमा रहेका मधेसवादीदलका नेताहरु क्रमस तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय  यादव रहेका  छन

समाचारस्रोतका अनुसार मधेसवादी दलका नेताहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यस्तै शुक्रबार मुलुकका सत्ताघटकदल प्रमुख प्रतिपक्षीदल काँग्रेस सहितको बैठकले ३ बुँदे अवधारणा सार्वजनिक गर्दैगर्दा मधेसवादीदल भने नेपाल स्थित भारतीय दुतावासमा नेपालको लागि भारतीय राजनुत रञ्जीत रे संग छलफल गर्दै गरेको थियो । दुतावासमा भएको छलफल पछि नेताहरु दिल्ली जाने कार्यक्रम बनेको बताइएको छ ।