बिहिबार, चैत्र १५, २०८०

पुनःनिर्माण विधेयक र संशोधन प्रस्ताव एकसाथ अगाडि बढाउनु पर्नेमा काँग्रेसको निष्कर्ष

काठमाडौं मार्ग २५, काँग्रेसको आज पार्टी सभापति एवम् सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको पदाधिकारी बैठकले व्यवस्थापिका संसदमा आफु नेतृत्वको सरकारले दर्ता गराएको भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयक र नेपालको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई एकसाथ अगाडि बढाउने निर्णय nc flage55गरेको छ ।

त्यस्तै राजधानीमा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्यसमेत सहभागी आजको बैठकले मधेसमा जारी आन्दोलन तथा अन्य समुदायको मागलाई सम्बोधन गर्न गठबन्धन सरकार घटक एवम् मधेसी मोर्चासित पनि संवाद गर्ने निर्णय गरेको पार्टी उपसभापति रामचन्द्र पौडेलले बैठकपछि आज यहाँ सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ ।  बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतको सहभागिता रहेको थियो ।