शुक्रबार, बैशाख १४, २०८१

सत्तारुढदल सहित प्रतिपक्षीदलको तर्फबाट मधेसी मोर्चासँग सहमतिका लागि ३ बुँदे साझा प्रस्ताव प्रस्तुत

काठमाडौ मार्ग १८, जारी संविधानप्रति असहमति राख्दै विगत लामो समय यता देखि मधेसमा आन्दोलन जारी राख्दै आइरहेका मधेविादीदलको लर्फबाट प्रस्तुत ११ बुँदे मागको सम्बोधनको लागि एमाले नेतृत्वको गठबन्धन सकारका साझेदार दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस वीच भएको पछिल्लो छलफलपछि मधेसी मार्चासँग सहमतिका लागि तीनबुँदे साझा प्रस्ताव तयार गरेका छन् ।

three-partyप्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सत्तारुढदल र प्रतिपक्षीदलवीच भएको बैठकले आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न १.नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकलाई परिमार्जन गरी अगाडि बढाउने त्यस्तै गरि २.समानुपातिक समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा संविधानमा संशोधनका निमित्त संस्मा दर्ता भएको संशोधन विधेयकलाई संशोधनार्थ प्रक्रिया अघि बढाउने’ ३.प्रदेशको सीमाङ्कनका सम्बन्धमा छलफल र राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्ने र त्यसका लागि राजनीतिक समिति गठन गरी तीन महिनामा टुङ्गो लगाउने निर्णय भएको नेताहरुले जानकारी दिएको छ ।

साथै आजको बैठकपछि दलहरुले ‘आन्दोलनरत दलहरूलाई आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिन आह्वान गर्ने नितिगत सहमति कायम गरेको छ । यसैवीच सरकार सहितको प्रमुख दलको तर्फबाट सहमतिको लागि ३ बुँदे ठोस प्रस्ताव आएलगत्तै मधेसीदलसंग वार्ताको चर्चा चलेपनि मधेसवादीदल आन्तरिक छलफलमा रहेका कारण आज वार्ता हुन नसकेको बुझिएको छ ।