शुक्रबार, बैशाख १४, २०८१

प्रमुखदलवीचको बैठक : साझा धारणा बनाएर जारी समस्या समाधान गर्न दलहरु सहमत

काठमाडौ मार्ग १७,  मधेसमा आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तपर्लबाट प्रस्तुत ११ बुँदेमागको सम्बोधनको लागि भन्दै साभाm धारणा बनाउँन three-partyभन्दै आज बसेको सत्तारुढदल सहित प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेस समहत भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सत्तारूढ दल नेकपा (एमाले) सहित ए नेकपा (माओवादी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच भएको बैठकले अहिलेको असहज परिस्थितिमा ठोस धारणा बनाएर छिटोभन्दा छिटो सहमति खोज्ने निर्णय गर्दै एकाकार हुने सहमति प्रकट गरेको हो । तर मधसीदलको तर्फबाट प्रस्तुत मागको सवालमा कस्तो साझा धारणा बनेको हो त्यो भने बताईएको छैन ।

त्यस्तै मोर्चा संग अव कहिले वार्ता हुने हो त्यो पनि खुलाईइएको छैन । केवल प्रमुख दलको बैठकमा दलहरुवीच साझा धारणा सहित अगाडि बढ्ने सहमति बनेको मात्र बैठकपछि पत्रकारहरुलाइ जानकारी गराईएको छ। त्यस्तै बैठकपछि काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तीन दलबीच मुलुकको समग्र परिस्थितिबारे छलफल भएको र अहिलेको समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने निष्कर्षको पहिचान गरिएको बताउँदै आफैमा सकारात्मक भएको बताउँदै मधेसीदलसंगको वार्ताको मिति पनि चाँडै सार्वजकि गरिने जानकारी दिनुभएको छ ।