बिहिबार, बैशाख १३, २०८१

११ बुँदे मागको सवालमा साझा धारणा बनाउन आज प्रमुख तीन दल छलफलमा

काठमाडौं मार्ग १७, मधेसमा जारी आन्दोलनरत मधेसी मोर्चाको तर्फबाट प्रस्तुत ११ बुँदे मागको सवालमा साझा धारणा बनाउन आज प्रमुख तीन दलबीच छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा एमाले, कांग्रेस र एमाओवादीका शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । यसअघि हिजो Koirala-Oli-Prachanda-2साँझ हुने भनिएको मधेसी मोर्चा र तीन दलबीचको वार्ताको लागि मोर्चाको तर्फबाट माग भएअनुरुपको दलहरुवीच साझा र ठोस अवधारणा बन्न नसकेको र मोर्चाका नेताहरु पनि आमसभामा व्यस्त भएको भन्दै निर्धारित वार्ता स्थगन गरिएको थियो ।

बुधवारको वार्ता स्थगन गरिएपनि अव हुँने नयाँ मितिमा नयाँ शिराको वार्तामा मोर्चाको तर्फबाट प्रस्तुत मागपत्रको सवालमा दलहरुवीच साझा धारणा बनाउन नितान्त आवश्यक भएको ठहर गर्दै आज मुलुकको प्रमुख तीनदलवीच छलफल गर्ने नितिगत सहमति बुधवारनै गरिएको थियो । त्यस्तै दलहरुबीच आज हुँने छलफलबाट एउटा ठोस निष्कर्ष सहितको अवधारणा बने पछि मोर्चालाइ वार्ताका्ेलागि आह्वान गर्ने सरकारको तयारी रहेको बुझिएको छ । त्यसोत पटक पटक वार्तामा बस्नु भन्दा पनि ठोस प्रस्ताव सहित वार्तामा बस्ने मधेशी मोर्चाले दलहरुलाई भनिरहेका छन ।

तर यसबीचमा मोर्चाले भने जस्तो सत्ताघटक र प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसवीच सीमांकनमा सहमति बन्न नसकेको अवस्था र काँग्रेसले सीमांकन लगायतका अन्य विषय समाधानका लागि आफ्नो नेतृत्वको अघिल्लो सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने अडान यस्तै एमाओवादीबाट अध्यक्ष प्रचण्डको ८ प्रदेशको नयाँ विकल्प   र एमालेले भने सीमांकन परिमार्जनका लागि तयार रहे पनि त्यसको स्वरुपबारे कुनै निर्णय गर्न  नसकेका कारण अन्यौलता थपिएको छ  ।