शनिबार, बैशाख १५, २०८१

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,क्रियाशिल सदस्यता सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं पौष ५, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकमा क्रियाशिल सदस्यता सम्बन्धी बैठकमा Nepali_Congressयसअघि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल हुने नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो । बैठक पार्टी मुख्यालय सानेपामा बिहान ११ बजे बस्नेछ । १३ औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसले समसामयिक विषयमा छलफल गरे पनि मुख्य गरी पार्टीको आन्तरिक विषयमै बढी छलफल हुने नेता केसीले बताउनुभयो ।