शुक्रबार, बैशाख १४, २०८१

पार्टीभित्र छलफल गरेर निर्णय गरिन्छ हतार गरेर हुँन्न :सभापति कोइराला

काठमाडौ पौष ४,  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले रिपोर्टर्स क्लब नेपालद्दारा कोइराला निवास महाराजगन्जमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै मधेसी मोर्चाका जायज माग सम्बोधन गर्दै मधेसको समस्या चाँडो समाधान गर्नु पर्नेमा विशेष जोड दिनु भएको छ । त्यस्तै उहाँले मुलुकमा download (5)देखिएको गतिरोध तत्काल सम्बोधन गर्दै आम नागरिकलाई सङ्कटबाट मुक्त गराउनुपर्ने भन्दै जारी संविधानमा रहेको त्रुती सशाधनको माध्यमबाट सच्याउँदै सबै जाति, धर्म, भाषा, वेशभूषालाई अपनत्वको वातावरण बनाइनु पर्ने बताउँनु भएको छ ।

त्यस्तै सभापति कोइरालाले नेपाली काँग्रेसको आधारभूमि मधेस भएको तथा मधेसी जनता र काँग्रेसबीच विश्वासको सङ्कट देखिएको भन्दै यसलाई सहज बनाउन सहमति सहकार्य र एकताको खाँचो रहेको औँल्याउँदै पूर्व प्रधानमन्त्री कोइरालाले १० वर्षे माओवादी युद्ध र सेना समायोजन वार्ताबाटै सफल भएको त्यसक्रममा विकिर गर्नु भएको थियो । साथै उहाँले मधेस आन्दोलन पनि वार्ताबाटै समाधान गरिनु पर्नेमा आफ्नो स्पष्ट अडान राख्नु भएको थियो ।
अन्तर संवादमा पत्रकारहरुद्दारा आसन्न काँग्रेसको १३ औ महाधिवेशनमा फेरि पनि सभापति पदमा उम्मेदवार बन्ने हल्ला छनी भन्दै सोधेको प्रश्नको जवाफ दिदै भने यसबारे पार्टीभित्र छलफल गरेर निर्णय गरिन्छ हतार गरेर हुँन्न ।