शनिबार, बैशाख १५, २०८१

आजको त्रिपक्षीय वार्ता पनि निष्कर्षहीन, काँग्रेसको प्रस्ताव मोर्चाद्दारा अस्वीकार

काठमाडौ मार्ग २७, सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा आन्दोलनरत मधेसी मोर्चाबीच आज भएको वार्ता पनि आ आफ्नै अडानका कारण निष्कर्षहीन बनेको छ । वार्ताको क्रममा एकै साथ पुर्ननिर्माण र संसोधन विद्ययेक एकैसाथ अगाडि बढाउँने सवालमा दलहरुवीच कुरा नमिल्दा आजको वार्ताले गति दिन नसकेको हो । मुलत आन्दोलित दलले दुवै विद्येयक एकसाथ अगि लैजादा आफ्नो मागको सुनवाइ  नहँने जिकिर गर्दै गर्दा प्रमुख प्रतिपक्षीदल काँग्रेसले भने मधेस आन्दोलनको सम्बोधनको लागि आफु  नेतृत्वको सरकारले त्यसवेला संशोधन प्रस्ताव दर्ता गराएको भन्दै संशोधन प्रस्तावले मधेस आन्दोलनको images-25मागलाइ सम्बोधन गर्ने बताउँदा पनि मधेसी मोर्चाले त्यसमा आपत्ति जनाएको थियो । बैठक पछि पत्रकारसंग कुरा गर्दै एमाओवादीका नारायणकाजी श्रेष्ठले प्राधिकरण विधेयक र संविधान संशोधनसम्बन्धी विधेयक दुवैलाई अगाडि बढाउनुपर्छ भन्ने नेपाली काँग्रेस संविधान संशोधनसम्बन्धी विधेयक पनि एकैचोटी अघि बढाए सदन अवरुद्ध गर्ने मोर्चाले अडान लिएपछि सहमति हुन नसकेको जानकारी दिनु भएको छ । मुलुकको समस्या निवारणको लागि हुँदै गरेको वार्ताको नौटङकी हेर्ने हो भने मधेसवादी दलको हलो अडेकाएर गोरु चुटेने दाउमा रहेको सहनै बोध गर्न सकिन्छ । यद्यपी प्राधिकरण विधेयक र संसोधन विद्ययेक संगै लैजादा मधेसवादीको माग ओझेलमा पर्ने नभइ झन प्रखरित हँने अवस्था भए पनि विभिन्न नाटक गर्दै विरोधाभास प्रस्तुत गर्नु तर्क संगत नभएको चर्चा राजैनैतिक वृतमा चल्न थालेको छ ।

आजको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री भीमबहादुर रावल, नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल, नेपाली काँगे्रसका उपसभापति पौडेल, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र नेता आनन्दप्रसाद ढुङ्गाना तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, महेन्द्रराय यादव र नेता कर्ण लगनयतको सहभागी हुनुहुन्थ्यो । यसैवीच आजै प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसी मोर्चाबीच वार्ता भए पनि कुनै निष्कर्षको पहिचान हुँनुको वार्तामा काँग्रेसले संसदमा  दर्ता भएका दुवै विधेयकलाई सहयोग गर्न गरेको आग्रह लाइ मोर्चाले प्याकेजमै सहमति खोज्नुपर्ने अडान सहित अस्वीकार गरेको बुझिएको छ ।