शनिबार, बैशाख १५, २०८१

काँग्रेस सभापति कोइराला र महामन्त्री सिटौला र अध्यक्ष ठाकुरबीच अर्थपूर्ण भेटवार्ता

काठमाडौ मार्ग २५, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीकाका अध्यक्ष महन्थ ठाकुरबीच आज मुलुकको पछिल्लो घटनाक्रमको सवालमा केन्द्रीत विशेष भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा आज साँझ भएको भेटवार्तामा सभापति कोइरालाले मधेसमा जारी Untitled-11आन्दोलन अब लम्ब्याउन नहुने बताउँदै तत्काल सहमतिमा आउन अध्यक्ष ठाकुरलाई आग्रह गर्दै काँग्रेस नेतृत्वको सरकारले मधेस आन्दोलनको सम्बोधनकै लागि भनेर संसद्मा प्रस्तुत गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव दर्ता गरेको स्मरण गराउादै प्रस्तुत प्रस्ताव पारित गर्न मधेसवादीदल एकाकार हुँनु पर्नेमा जोड दिनु भएको बुझिएको छ ।

सभापति कोइरालालको यस्तो आग्रह पछि तमलोका अध्यक्ष ठाकुरले आफूहरु पनि छिटो मधेसको आन्दोलन सकियोस् भन्ने पक्षमा रहेको जनाउ दिदै तयसको लागि सहगोग गर्न भन्नुभएको प्राप्त समाचारमा उल्लेख  गरिएको छ । यसैवीच यसअघि कााँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि तमालोका अध्यक्ष एवम् मधेस आन्दोलनका संयोजक महन्थ ठाकुरसंग भेटवार्ता गर्नु भएको थियो । उहाँहरुवीचको वार्ताको क्रम पनि संविधान संशोधन प्रस्ताव पारित गर्ने र मधेस आन्दोलनमानै केन्द्रीत रहेको समाचारस्रोतले जनाएको छ ।