बिहिबार, बैशाख ६, २०८१

संसदमा जारी अवरोध खुलाउँन सभामुख घर्तीले प्रमुख दलका शीर्ष नेतासंग छलफल गर्दै

काठमाडौ मार्ग २८, सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसदमा जारी अवरोध खुलाउँन आज प्रमुख ३ दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका् छ । CRBWNxqUYAANWwcलगातार संसदको बैठक नियमति कार्यसूचीमानै प्रवेस नगरी अवरुद्ध हुँदै गर्दा एकपछि अर्को गर्दै नयाँ नयाँ उल्झन थपिदै गएको पक्षलाइ दृष्टिगत गर्दै सभामुखले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो ।
संसद अवरुद्धताको कारणनै पुननिर्माण विधेयक समेत अघि बढुन सकेको छन । दिउँसो ४ बजे सभामुखकै कार्यकक्षमा हुने बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति सुशिल कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ३ दलकै प्रमुख सचेतकहरुलाई बोलाइएको बुझिएको छ ।