शनिबार, बैशाख १५, २०८१

लहान,सिरहा र सप्तरीमा मोर्चाको प्रदर्शन ,दुईवटा मोटरसाइकलमा आगजनी

काठमाडौं मार्ग ६ ,गएराति सप्तरीको भारदह मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीवीच भएको झडपका क्रममा दुईजना मोर्चाका कार्यकर्ताको मृत्यु भएपछि आज siraha-district-e1426328144201लहान,सिरहा र सप्तरीमा क्षेत्रमा मोर्चाको जारी राखेको प्रदर्शनका कारण त्यहाँको स्थिती तनावग्रस्त भएको समाचार प्राप्त भएको छ ।

प्रदर्शनको क्रममा मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि लहानस्थित सहिद चोक, अस्पताल चोक, हुलाक चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेको समाचार प्राप्त भएको छ । यसैवीच सुनसरीको सदरमुकाम इनरुवा स्थित जिविसको कार्यालयमा रोहिराखेको दुईवटा मोटरसाइकलमा मधेसी मोर्चाका कार्यकर्ताले गएराति आगजनी गरेको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।
प्रहरीका अनुसार आगजनीबाट मोटरसाइकल पूर्णरुपमा नष्ट भएको जनाएको छ।