बिहिबार, चैत्र १५, २०८०

मधेसका विभिन्न जिल्लामा तनाव, कर्फ्यु आदेशको अवज्ञा,सिरहामा फेरि निषेधित क्षेत्र घोषणा

सिरहा मार्ग ७, मधेसी मोर्चाको आन्दोलन हिंसात्मक बन्न थालेपछि सिरहामा स्थानीय प्रशासनले पूर्व–पश्चिम राजमार्गको पाँच सय मिटर दायाँ बायाँ क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि कमला नदीदेखि बलान नदीसम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रशासान siraha-district-e1426328144201कार्यालयले जनाएको छ ।

चाडपर्वको समयमा आन्दोलन केही खुकुलो भएपछि सुरक्षाकर्मीको एस्कर्टिङमा रातको समयमा सवारी साधनसमेत गन्तव्यतर्फ पठाइएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरु सिरहाको लहान, गोलबजार, मिर्चैया क्षेत्रमा राती समेत सडकमै पाल टाँगेर बस्न थालेपछि मानवीय क्षति रोक्न पुनः निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । यसवीच सप्तरी घटनाको बिरोध गर्दै मोर्चाका कार्यकर्ताले आज पनि सिरहाका बिभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । सिरहाको गोल बजार, मिर्चैया र लहानमा व्यापक रुपमा प्रदर्शन जारी राखेको समाचार प्राप्त भएको छ ।

यसैवीच  प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि आइतबार देखि तनावग्रस्त रहेको सप्तरीको स्थिती भयावह रहेको  प्राप्त अर्को समाचार उल्लेख गरिएको छ । स्थितीलाइ नियन्त्रण मा लिन स्थानीय प्रशासनले लगाएको कर्फ्युको उलंघन गर्दै प्रदर्शनकारीले सदरमुकाम राजबिराज, रुपनी, भारदहमा प्रदर्शन जारी राखेको जनाईएको छ। यसअघि प्रदर्शनको क्रममा शनिबार राति प्रहरीको गोली लागि रुपनीमा नागेश्वर यादव, शिवशंकर दास भारदहमा बिरेन्द्र राम तथा धरानमा उपचारको क्रममा हटियाका दिलिप साहको मृत्यु भएको थियो । साथै त्यहाँको अराजक स्थितीलाइलाई नियन्त्रणमा लिनका लागि पाँचसय मिटर आसपास र सरकारी कार्या��यहरु रहेको राजबिराजको अदालत रोडदेखि जिल्ला प्रहरी कार्यालयसम्म अनिश्चितकालिन कर्फ्यु आदेश जारी गर्दा पनि प्रदर्शनकारीहरुले कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शन गर्दै गरेको बुझिएको छ ।