शनिबार, बैशाख १५, २०८१

मोर्चाका कार्यकर्ता नेतृत्वको चेनअफ कमाण्ड भन्दा बाहिर, औषधि बोकेको ट्रकमा आगजनी

काठमाडौं मार्ग ४,  मधेसमा आन्दोलनरत मधेसी मोर्चाको विहीवार बसेको बैठकले बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले Morcha-bigeptiऔषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिन को समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरेको भोलीपल्टै मधेस केन्द्रीत दलका कार्यकर्ताले औषधि बोकेको एउटा ट्रकमा आगजनी गरेका छन् ।  वीरगन्जको ओम आश्रमस्थित नेशनल ट्रेडिङ्ग लिमिटेड कार्यालय आगाडि औषधि बोकेको ना २ ख ८२९२ नम्बरको एउटा ट्रकमा आन्दोलनकारीले गएराति करिब एक बजे आगजनी गरेको पर्सा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी अनुसार आगजनीबाट करिब रु. २० लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ । वीरगन्जबाट ट्रकमा लोड गरिएको उक्त औषधि जनकपुर पठाउने तयारी गरिरहेको बेला आन्दोलनकारीले आगजनी गरेको बताएको छ । औषधि बोकेको गाडिमा भएको प्रस्तुत आगजनीको घटनाक्रमलाइ हेर्ने हो भने आन्दोलित भनिएका मोर्चाका कार्यकर्ता नेतृत्वको चेनअफ कमाण्डमा नभएको सहजै बोध गर्न सकिन्छ । यसरी नेतृत्वले गरेको निर्णय विपरित अराजक कामकारवाही गर्दै मोर्चाका कार्यकर्ताले  आज बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।