शनिबार, बैशाख १५, २०८१

निगमका महाप्रवन्धक खड्काको निर्देशनमा काठमाडौं ल्याउँन लागेको डिजेल ट्याङ्कर प्रहरी नियन्त्रणमा

स्थानीय प्रशासनसंग कुनै समन्वय नगरी महाप्रवन्धक खड्काले किन ल्याउँन लागे डिजेल ट्याङ्कर ? श‌ंकास्पद गतिविधि भलबारी डिपो प्रमुख यादवको कि महाप्रवन्धक खड्काको ?

  काठमाडौं मार्ग ३ , नेपाल आयल निगमको भलबारी डिपोबाट तेल बोकेर काठमाडौंका लागि हिडेको ट्याङ्कर आज नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीस्थित भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्करलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको रुपन्देहीका gbkप्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।
Nepal-Oil-Corporation-130315-5-700प्राप्त समाचारमा भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्कर निगमका महाप्रबन्धक गोपालबहादुर खड्काको लिखित निर्देशनमा आफूले काठमाडौँका लागि पठाएको निगम भलवाडी डिपोका प्रमुख दिनेश यादवले बताएसंगै यस अघि जारी नाकाबन्दीको नाममा आयल निगमबाटै ट्याङ्करका ट्याङ्कर इन्धनको कालोबजारी भएको भन्दै यत्र तत्र सर्वत्र चर्चा चलिरहेको अवस्थामा महाप्रबन्धक खड्काको लिखित निर्देशनमा त्यो पनि डिपोले स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शङ्कास्पदरुपमा काठमाडौं पठाउँन खोज्नु आफैमा थप रहस्यको प्रसंग सावित भएको छ ।

त्यसोत निगमका महाप्रवन्धक खड्काले इन्धन कालाबजारी प्रकरणको चर्चा चलेसंगै आफु निकटका कर्मचारीहरुसँग आफुलाई प्रचण्ड र प्रम ओलीले पनि हटाउन नसक्ने भन्दै हिडेको आयल निगमसम्वद्ध स्रोतले जनाउँनु पनि यसको थप प्रमाण भएको बताइएको छ ।  एकातर्फ भारतले गरेको नाकाबन्दी पश्चात आयल निगममाथी नै कालोबजारी गरेको आरोप लाग्नु अकोतर्फ महाप्रवन्धक खड्काले इनन्धन आपूर्तिका लागि विवादीत भनिएका विराट आयललाई इन्धन कम्पनी लाइ डबल मुल्यमा ल्याउन सहमति दिनु त्यस्तै चीनबाट इन्धन आपूर्ति गर्ने सवालमा गर्नु पर्ने नितिगत निर्णयमा ढिला सुस्ती गर्नु जस्ता अनेकन प्रकरणसंगै आज नवलपरासी प्रहरीले नियन्त्रणमा भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्कर निगमका महाप्रबन्धक खड्काको लिखित निर्देशनमा आफूले काठमाडौँका लागि पठाएको प्रष्टिकरण दिनु भनेको महाप्रबन्धक खड्काद्दारा सम्पादित नियोजित रहस्यको एक पछिल्लो श्रृखला भएको दावी समाचार सूत्रहरुको रहेको छ ।