शनिबार, बैशाख ८, २०८१

दाङ्गमा बाबु पुनको दादागिरी, प्रहरीले कारवाही नगर्दा पिडित झनै प्रताडित

  दाङ्ग संवाददाता मार्ग २, दाङ्गमा लामो समयदेखि गुण्डागर्दी,चन्दा असुसी र विभिन्न वहानामा रकम फिरौति उठाउने गर्दै आएका घोराही –१०का बाबु पुन भनिने पूर्णबहादुर पुनमाथि कारवाही गर्न माग सहित पीडित एक परिवारले दाङ्ग प्रहरीसँग आग्रह गरेको भएपनि दवाव र प्रभावका कारण अहिलेस���्म कारवाही  हुन नसकेको समाचार प्राप्त भएको छ ।
लामो समयदेखि घोराहीमा आफ्नो प्रभाव जमाएका बाबुले कात्तिक महिनाको अन्तिम साता स्थानिय अमि पुनको घरमा वसिरहेका परिवारमाथि निर्घात कुटपिट गर्दै लुटपाट गरेको पछिल्लो घट्ना सार्वजनिक भएको र सोही घट्नामा संलग्न रहेको किटानी जाहेरीका आधारमा बाबाु पुन सहित घोराही–६का शिशिर पुन, घोराही–७का गणेश वलि,रोल्पा इरिवाङ्गका पदम चन्द,पछावाङ्गका मान बहादुर पुन र त्रिपुरा–८ का ऋषि बोहोरालाई पक्राउ गरि अनुसन्धान थालेको थियो ।
यसअघि पनि हात हतियार तथा खरखजानाको अभियोगमा मुद्दा चलाएइको भए पनि प्रहरीले कुनै दवाव र प्रभावकै कारण कारवाही प्रक्रिया अगाडि बढाउन नसकेको समाचारमा जनाईएको छ ।

पुनले अहिले दाङ्गमा ढुङ्गा गिट्टि बालुवा अवैध निकासी, टेन्डर कब्जा,धम्कि र चन्दा असुलीको धन्दा काँग्रेस निकट महेश श्रेष्ठ नजिक रहेर काम गरिरहेका प्राप्त समाचारमा उल्लेख गरिएको छ । दाङ्ग,सल्यान,रुकुम र रोल्पालाई आफनो प्रभाव क्षेत्र बनाइरहेका बाबु पुनले व्यापारीहरुसँग धम्क्यायर रकम असुल्ने गरिरहेको व्यापारीले गुनासो गरेपनि खुलेर विरोध गर्न सक्दैनन् । उनले विभिन्न स्थानमा अवैध रुपमा ढुङ्गा बालुवा र गिट्टिी स्टक गरि चर्को रकमा बेचविखन गरी मोटो रकम असुली गर्ने गर्दछन् । केही वर्ष अघि सम्म निम्न आर्थिक अवस्था भएका बाबु पुनसँग हाल केही ट्रिपर सहित करोडौंको सम्मपति रहेको श्रोतले जनाएको छ । त्यस्तै उनको विभिन्न बैंकमा विभिन्न कम्पनिका नाममा रकम जम्मा गरेका बाबुको आयश्रोतका विषयमा संबन्धित निकायले छानविन गर्नु पर्ने जिकिर पनि समाचारमा गरिएको छ ।