शनिबार, बैशाख १५, २०८१

काँग्रेसको १३औँ महाधिवेशन प्रयोजनार्थ गठित समितिका संयोजकहरुलाइ कावा सभापति पौडेलको निर्देशन

काठमाडौ कात्तिक २९, नेपाली काँग्रेसको १३औँ महाधिवेशन प्रयोजनार्थ गठन गरिएको विभिन्न १३ वटा समितिका संयोजकहरुलाइ महाधिवेशन तयारीको Ram-Chandra-Paudel1आवश्यक सम्पूर्ण काम अगाडि बढाउँन निर्देशन दिईएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफलमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले यस्तो निर्देशन दिदै महाधिवेशनलाइ व्यवस्थित र भव्यताका साथ सम्पन्न गर्ने वातावरण बनाउँन भनेको छ ।

छलफलमा भोजन आवास व्यवस्थापन समितिका संयोजक बलबहादुर केसी, प्रचारप्रसार समितिका संयोजक डा मीनेन्द्र रिजाल, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक सुजाता कोइराला, पार्टी विधान संशोधन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना, मञ्च व्यवस्थापन समितिका संयोजक नवीन्द्रराज जोशी, सांस्कृतिक समितिका संयोजक मीना सुब्बा, स्वयंसेवक व्यवस्थापन समितिका संयोजक नारायण कोइराला, महाधिवेशन व्यवस्थापन समितिका संयोजक भीमसेनदास प्रधान र केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले महाधिवेशन तयारीका लागि आफ्ना समितिले सुरु गरेका कामको जानकारी कावा सभापति पौडेललाई गराउनुभएको प्राप्त समाचारमा जनाईएको छ ।