शनिबार, बैशाख ८, २०८१

मधेसवादीदलसँग वार्ताको लागि प्रचण्डको नेतृत्वमा उच्चस्तरीय वार्ताटोली गठन

काठमाडौ कात्तिक २९, प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले सरकारमा सहभागी दलका तर्फबाट Untitled-1आन्दोलनरत मधेसकेन्द्रीत दलसँग वार्ता गर्न तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । बैठकले यसअघि उपप्रधानमन्त्री कमल थापाको संयोजक्त्वमा गठित वार्ता टोलीले आवश्यकता अनुरुप कार्य सम्पादन गर्न नसकेको सर्वत्र आवाज आउँन थाले पछि  एमाओवादीका अध्यक्ष प्रचण्डको संयोजकत्वमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री कमल थापा सदस्य रहनुभएको वार्ता टोली गठन गर्दै मधेसवादी दलको तर्फबाट प्रस्तुत मागका सवालमा आवश्यकता अनुरुपको कार्य सम्पादन गर्न कार्यादेश सहितको नयाँ उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।

त्यस्तै आज बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा प्रधानमन्त्री केपी ओलीले साँझ गर्न लागेको राष्ट्रका नाममा सम्बोधनमा समावेश गर्ने विषयका सम्बन्धमा समेत छलफल गर्दै नितिगत विषयको  पहिचान गरिएको बताईएको छ । प्रस्तुत नितिगत विषय अन्र्तगत मधेसमा जारी आन्दोलनको अलावा भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दी, आपूर्ति व्यवस्थापनमा देखिएको समस्या लगायतका विषय भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।