शुक्रबार, चैत्र १६, २०८०

निष्कर्ष पल्यिाउँने लक्ष्य सहित राजनीतिक दल मधेशी मोर्चाबीचको उच्चस्तरीय वार्ता आज पनि हुँदै

काठमाडौं कात्तिक ३०, मुलुकका प्रमुख राजनीतिक दल विगत लामो समय देखि मधेसमा आन्दोलनरत मधेशी मोर्चाबीच आइतवारबाट सुरु भएको उच्चस्तरीय वार्ता आज पनि हुँने भएको छ । आइतवार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुन  निष्कर्षको पहिचान गर्ने ढङगबाट वार्ता गर्ने तयारी भइरहेको हो ।

barta-660x330आइतवारको वार्तामा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस, त्यस्तैगरि एमाले, एमाओवादी र राप्रपा नेपाल तथा मधेशी मोर्चाबीच भएको वार्तामा मोर्चाले संघीय प्रदेश र सीमांकनका विषयमा ठोस प्रस्ताव माग गर्दा प्रमुख दलहरुले कुनै प्रस्ताव पेश गर्न नसकेपछि छलफलले त्यस्तो कुनै निष्कर्षको पहिचान गर्न नसकेको हो । त्यसपछि मोर्चाले दलहरुलाई सोमवार बस्ने वार्ताको क्रममा ठोस प्रस्ताव ल्याउन अल्टिमेटम दिदै वार्ताको क्रमलाइ समापन गरेको थियो ।  यसैवीच आज बस्ने भनिएको वार्ताको तयारी एवम् प्रदेश र सीमांकनका विषयमा आधिकारिक धारणा तय गर्न भन्दै वार्तामा सहभागी चार दलबीच छलफल गर्दै अवधारणा बनायँने तयारी भएको समाचार सूत्रहरुले जनाएको छ । त्यसपछि मोर्चासंगको वार्तामा उक्त साझा अवधारणा प्रस्तुत गर्ने दलीय नेताहरुको तयारी भएको बताइन्छ । स्मरण रहोस मधेशी मोर्चाले मधेशमा दुई प्रदेश सहित जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने लगायतका मागलाइ कायमनै राखेका छन ।