शनिबार, बैशाख १५, २०८१

एमाओवादीका ३ दर्जन भन्दा बढि केन्द्रीय सदस्यहरुद्दारा सामूहिकरुपमा पार्टी परित्याग

काठमाडौ कात्तिक १७, एमाओवादीका नेता देवेन्द्र पौडेलको नेतृत्वमा ३ दर्जन भन्दा बढि केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालका मुख्यसचिव हितराज पाण्डेमार्फत downloadतराई मधेसको समस्या समाधान नगरी संविधान जारी गरिएको र विगतदेखि नै पार्टीभित्र आफूहरूले उठाएको विषयलाई पार्टी नेतृत्वले ध्यान नदिएको भन्दै एमाओवादी परित्याग गरेका छन ।

यसरी पार्टी परित्याग गर्ने केन्द्रीय नेताहरुमा क्रमस हिसिला यमी, रामचन्द्र झा, रामकुमार शर्मा खिमलाल देवकोटा, देवेन्द्र पराजुली, रामरिझन यादवm कल्पना धमला, कुमार पौडेल, गङ्गानारायण श्रेष्ठ, राजेन्द्र किरातीलगायत रहेका छन । यसअघि नयाँ शक्ति निर्माणमा लाग्ने बताउँदै एमाओवादीका वरिष्ठ नेता एवमे पूर्व प्रम डा बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुभएको थियो ।