शनिबार, बैशाख ८, २०८१

सत्तारुढदल एमालेको आन्तरिक किचलोका कारण आज हुँने भनिएको मन्त्रिमण्डल विस्तार प्रभावित

काठमाडौ कात्तिक १५,  नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले आज आफ्नो नेतृत्वमा रहेको गठबन्धन सरकारको मन्त्रिमण्डल विस्तार गर्ने भनिए पनि पार्टी भित्रको आन्तरिक किचलोका कारण  आज मन्त्रिमण्डल विस्तारको कार्य नहुँने भएको छ।    एमाले सम्वद्ध उच्चस्रोतका अनुसार मन्त्रिमण्डल विस्तारको प्रसंग सुरुभएलगत्तै mantriparisadकसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने सवालमा कुरा नमिलेपछि यस्तो समस्या देखिएको र त्यसमाथि पनि पधानमन्त्री ओलीले एकतर्फीरुपमा मन्त्रीमण्डलमा सहभागी गराउँने नेताहरुको नाम संकलन गरेपटि पार्टीका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायते आपत्ती प्रकट गर्दै विमति राखेपछि मन्त्रिमण्डल विस्तारको कार्य प्रभावित भएको बताएका छन ।

त्यसो त आज विहानदेखि मुलुकको राजनैतिक वेतमा सरकार गठन हुँदै गर्दा गठबन्धन सरकारका घटकहरुवीच भएको सहमति अनुरुप एमालेको भागमा परेको रक्षा, सञ्चार, अर्थ, सङ्घीय मामिला एवं स्थानीय विकास, स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा जिम्मेवारी तोक्ने बताइएको थियो ।