शनिबार, बैशाख १५, २०८१

प्रति सिलिण्डर ५ हजारमा ग्यास बेच्ने कालाबजारी पौडेल र सापकोटा पक्राउ

काठमाडौं आश्विन १४, भारतीय नाकाबन्दीको प्रभावको फाइडा उठाउँदै बजारमा ग्यासको अभावभ भइहेकै अवस्थामा मौका छोपी कालो बजारी गर्ने भरतपुरका download (15)दुई व्यापारीलाई स्थानीय प्रशासनले आज पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार अनुगमनाको क्रममा ध्रुव पौडेल र कृष्णप्रसाद सापकोटालाइ प्रतिसिलिन्डर रु पाँच हजारमा ग्यास बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।

कालाबजारी व्यापारी द्दयले आफुसंग भएको पूरानो स्टक ग्याँस लुकाइछिपाइ कालाबजारी गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा बजार अनुगमन गर्दाको अवस्थामा पक्राउ परेको बुझिएको छ ।