शनिबार, बैशाख ८, २०८१

सहमहामन्त्री सोनल र जिल्ला अध्यक्ष सिंह कारागार मुक्त

काठमाडौं आश्विन १४, मधेसमा जारी आन्दोलनका क्रममा उद्योग प्रतिष्ठानमा तोडफोड गरेको आरोपमा प्रहरीले गत भाद २९ गते पक्राउ गरिएको तमलोपाका images (22)सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नबलकिशोर सिंह रिहा भएको छ ।

सार्वजनिक अपराधको मुद्दामा माग भएको धरौटी नबुझाएपछि कारागार चलान गरिएका सहमहामन्त्री जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष सिंह आज बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्दै आज जिल्ला अदालत बाराले दुवै जनालाई रिहा गर्ने आदेश दिएपछि उनीहरू रिहा भएका हो ।

प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारागार पठाएको भन्दै बार एसोसिएसन बाराका जिल्ला अध्यक्ष रामचन्द्र सिंहलगायतले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।