सोमवार, बैशाख १७, २०८१

बाबुरामलाई कैलालीको विरोधसभामा आउन रोक

काठमाडौं आश्विन १८, एमाओवादी परित्याग गर्दै नयाँ पार्टी खोल्ने उद्घोष गर्दै मोफस केन्द्रीत कार्यक्रममा व्यस्त रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कैलाली जिल्लामा आगामी २० गते गर्ने भनिएको कार्यक्रममा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले थरुहट÷थारुवानको आयोजनामा हुन baburam-bhattarai (1)लागेको उक्त कार्यक्रममा जिल्लाको शान्तिसुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको भन्दै यस्तो रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी विज्ञप्तिमा कैलालीको धनगढीमा थरुहट÷थारुवानले गर्ने भनिएको विरोध सभामा डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रमको जानकारी आएको अहिले पनि अखण्ड पक्षधर र थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिबीच आपसी सद्भाव र मेलमिलाप कायम भइनसकेको उल्लेख गर्दै यसवीचमा जुनसुकै समयमा जस्तोसुकै घटना घट्नसक्ने अवस्था रहेको र त्यसअर्थमा कुनै पनि कार्यक्रममा सहभागी नहुन र नआउन गृहमन्त्रालयमार्फत जानकारी गराउने निर्णय गरेको जनाइएको छ ।