शनिबार, बैशाख १५, २०८१

संविधानको सवालमा विद्यमान भ्रम निवारणको लागि तराई मधेसमा संयुक्त आमसभा गर्न एमाओवादीको प्रस्ताव

काठमाडौ आश्विन १२, एमाओवादीको केन्द्रीय समिति सोमवार बसेको बैठकले मुलुककमा गत आश्विन ३ गते संविधानसभाबाट जारी भएको नयाँ संविधानको सवालमा तराई मधेसका जनतावीच भ्रम रहेको निष्कर्ष पहिल्याँदै तराइका विभिन्न जिल्लामा जनपरिचालनसहित विद्यमान भ्रम निवारणका लागि सभाको downloadआयोजना गर्ने निर्णय गरेको छ ।
साथै बैठकले प्रस्तुत प्रस्तावमा काँग्रेस र नेकपा(एमाले)लाई पनि त्यसका लागि आग्रह गर्ने निर्णय गर्दै तीनदलको तर्फबाट संयुक्त रुपमा जारी संविधानमा आदिवासी, जनजाति, मधेसी, थारु समुदायको धेरै हक तथा अधिकार समावेश गरिएको भएपनि केही विषय छुटेका कारण असन्तुष्टि व्यक्त भइरहेको सवालमा यस्तो निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ ।

यस्तै बैठकले सार्वभौम तथा स्वतन्त्र मुलुकका जनता र राजनीतिक नेतृत्वले आफ्नो संविधान कस्तो बनाउने र कसरी बनाउने भन्ने विषय स्वतन्त्र निर्णय भएकाले कुनै पनि मुलुकले आपत्ति जनाउनुपर्ने र अवरोध गर्नुपर्ने कुनै पनि कारण नभएको भन्दै संविधान जारी भइसकेको अवस्थामा भारतले नेपालमाथि विभिन्न प्रकारको नाकाबन्दी गरेको भन्दै एमाओवादीले जनवर्गीय सङ्गठनको नेतृत्वमा जनपरिचालनसहित सङ्घर्ष गर्ने निर्णय गरेको छ । भने आश्विन १६ गते सङ्घीय प्रणालीअनुसार ३ र ४ नम्बर प्रदेशको काठमाडौँमा कार्यकर्ता भेला यस्तै २० गते १ नम्बर प्रदेशको भेला ५ र ६ नम्बर प्रदेशको बाँकेको कोहलपुरमा २३ गते भेलाको आयोजना गरिएको छ भने असोज २५ गते प्रदेश नं २ को भेला जनकपुरमा गन निर्णय गरेको समाचारमा उल्ल्ेख गरिएको छ ।