शुक्रबार, बैशाख १४, २०८१

असन्तुष्ट मधेसी दलहरुसँग सहमति कायम गरी संविधान संशोधनको प्रस्ताव तयार गर्ने सरकारको तयारी

औपचारिक वार्ताको लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु छलफलमा

काठमाडौं  आश्विन १३ , प्रमुख तीन दलीय वार्ता टोली र मधेस केन्द्रीत असन्तुष्ट भनिएका मधेसीमोर्चावीच मंगलवार भएको वार्ता पछि औपचारिक वार्ताको लागि साझा धारणा बनाउँन भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छलफल सुरु गरेको छ । तीन दलको वार्ता टोली र तमलोपाका अध्यक्ष ठाकुरबीच download (8)काठमाडौँमा भएको अनौपचारिक वार्तामा तीन दलले गरेको प्रस्ताव लिएर अध्यक्ष ठाकुर गौर पुगेपछि सदरमुकाम गौरस्थित सिया प्यालेसमा बिहान ७ बजेदेखि सुरु भएको छलफल सुरु भएको प्राप्त समाचारमा उल्लृख गरिएको छ । छलफलमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादवको सहभागिता रहेको समाचार जनाईएको छ ।

यसैवीच सरकारले व्यवस्थापिका–संसद्को हिउँदे अधिवेशन शुरु हुनुअघि नै असन्तुष्ट पक्षसँग सहमति गर्ने प्रयास गर्दै तीन दलीय वार्ता टोली गठन गर्दै विद्यमान समस्याको सम्बोधन गर्ने तयारी स्वरुप संसद् बैठकअघि नै असन्तुष्ट मधेसी दलहरुसँग सहमति कायम गरी संविधान संशोधनको प्रस्ताव तयार पार्ने तयारी गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार तराईका जिल्ला गएकाले उनी फर्किएलगत्तै औपचारिक वार्ता गर्ने तयारी गरेको छ । आगामी १५ गते संसद्को अधिवेशन आह्वान गरिएको छ ।