शुक्रबार, बैशाख १४, २०८१

तीनदल र आन्दोलित मधेसी र थारु समुदायवीच आजपनि वार्ता हुँदै

काठमाडौं आश्विन १२, संविधान प्रति विमति जनाउँदै आन्दोतलत हुँदै आएका मधेसी र थारु समुदायसँग आज पनि वार्ता समितिले वार्ता गर्ने भएको छ ।
bijaya-kumar4 download (8)यसअघि वार्ताका लागि प्रमुख तीनदलको को तर्फबाट गठित कांँग्रेसबाट वनमन्त्री समेत रहेका महेश आचार्य, एमालेका प्रमुख सचेत अग्नि खरेल र एमाओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेको जार्ता टोलीले सोमवार देखि छलफल जारी राख्दै आइरहेका छन । तर आजको वार्ता भने काहाँ र कुन वेला  हुँने हो सो सम्बन्धमा केहि जानकारी दिईएको छैन ।

 यसैवीच  सोमवार वार्ताका् क्रममा आन्दोलनरत मधेसी मोर्चा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता लगायत माग सहित सेना फिर्ता तथा आन्दोलनका क्रममा पक्राउ गरेका कार्यकर्ता रिहाईलगायत माग हिजोको छलफलमा अघि सारे पछि  तीन दलीय वार्ता टोलीले आन्दोलनकारीका तर्फबाट उठाइएका कतिपय विषयवस्तु संविधान संशोधन गरेर सम्बोधन गर्न सकिने विश्वास  दिलाए पछि वार्ता  सकारात्मक भएको  बताइएको  छ ।