शनिबार, बैशाख १५, २०८१

एमाओवादीद्दारा संविधानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्न अपिल

काठमाडौ आश्विन ६, एमाओवादीले नयाँ संविधानसभाबाट प्राप्त भएका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण र सामाजिक न्यायलगायत जनताका महत्वपूर्ण उपलब्धिको रक्षा गर्न अपिल गरेको छ ।  पार्टी अध्यक्ष प्रचण्डले आज जारी गर्नुभएको विज्ञप्तिमा सामाजिक download (10)न्यायसहितको समावेशी लोकतन्त्रलाई राष्ट्रको तात्कालिक कार्यसूची बनाउँदै त्यसको पक्षमा मुख्य रुपमा सङ्घर्ष गर्ने आफ्नो पार्टी र राष्ट्रको लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै नेपाली जनताले सात दशकदेखि गर्दै आएको निरन्तरको सङ्घर्षको परिणामस्वरुप संविधानसभाबाट भएको नयाँ संविधान घोषणाको उपलब्धिलाई संरक्षण यस्तो अपिल गर्नु भएको छ हो ।

त्यस्तै जारी अपिलमा एमाओवादीले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, सीमान्तकृतलगायत उत्पीडित समुदायका ती मुद्दामा पार्टी सङ्घर्षरत रहिरहेको र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कार्यलाई विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार सम्पन्न पार्ने दिशामा अघि बढ्न सबैमा अपिल गरेको हो ।