शुक्रबार, चैत्र १६, २०८०

मधेसकेन्द्रीत लगायतका दलको असन्तुष्टीलाइ सम्बोधन गर्दै वार्ता गर्ने प्रमुख तीनदलको निर्णय

प्रमुख तीनदलको बैठक: 

छिमेकी राष्ट्रसहितका अन्तर्राष्ट्रिय जगतलाई सामूहिक रुपमा जानकारी दिइने

काठमाडौ आश्विन ५ संविधानसभाबाट दुइतिहाइ बहुमतबाट पारित भई गत आइतवार मलुकमा नयाँ संविधान जारी भएपछिको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन राजनीतिक दलले नेपालको संविधानप्रति भारतीय प्रतिक्रिया र त्यसले सिर्जना 11102गर्न सक्ने सम्भावित प्रभावका विषयमा आज गम्भीर छलफल गरेका छन् ।
आजको बैठक मुलत जारी न संविधानको सवालमा छिमेकी राष्ट्र भारतको पछिल्लो प्रतिक्रिया एवम् प्रदेशका् सिमाकङनमा विमति राख्दै प्रक्रियाबाट बाहिरिएका मधेसवादी दल र त्यस्तैगरि संििवधानसभाबाट बाहिर रहेका नेकपा माओवादी तथा थरुहट लगायतका विभिन्न जातिगत संघसंगठको असन्तुष्टीलाइ सम्बोधन गर्दै सहमतिमा ल्याउने विषयमा केन्द्रीत रहेको बुझिएको छ । त्यस्तै संविधान जारी भएपछिको अवस्थामा संविधानले प्रत्याभूत गरेको हक अधिकार समेतलाई नबुझेझै यो वा त्यो कोणबाट आन्दोलन जारी राख्दै मुलुकमा अन्यौलको परिस्थिती कायमनै राख्ने मनस्थिती अनुरुप केहि शक्ति संगठन लागि परेको अवस्था विद्यमान रहेको छ ।
त्यस्तै बैठकपछि आजको बैठकमा काँग्रेस उपसभापति रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष भीमबहादुर रावलले संविधान जारीपछि भारतले दिएको प्रतिक्रिया र सो सम्बन्धमा नेपालले अपनाउनुपर्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिदै नेताद्दयले नेपालको समग्र सुरक्षा स्थिति र भारतको नाकाबाट आउने सामग्री रोकिएको भन्ने विषयमा पनि गम्भीर छलफल भएको जनाउँ दिदै असन्तुष्टि जनाउने राजनीतिक दलसँग वार्ता जारी राख्ने र उनीहरुलाई वार्ताका ल्याउने विषयमा दलहरु प्रतिवद्ध रहदै अगाडि बढ्ने निर्णय सहित नेपालमा भएको घटनाक्रमका विषयमा छिमेकी राष्ट्रसहितका अन्तर्राष्ट्रिय जगतलाई सामूहिक रुपमा जानकारी दिने निर्णय गरिएको जानकारी दिनु भएको छ

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहित काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र नेकपा ( उपाध्यक्षत्रय वामदेव गौतम, विद्यादेवी भण्डारी र रावल तथा महासचिव ईश्वर पोखरेल र त्यस्तै गरि एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताको उपस्थिती रहेको बुझिएको छ