बुधबार, बैशाख १२, २०८१

प्रमुख तीनदलले वार्ताको मार्ग चित्र सहित असन्तुष्ट दललाई वार्ताको लागि पुनः आह्वान गर्ने ,

काठमाडौ आश्विन ७,  प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई आन्दोलनका कार्यक्रम स्थगनगर्दै वार्तामा आउन पुनः आह्वान गर्ने भएका छन् । त्यस्तै आजको बैठकले तराई मधेसमा जारी आन्दोलनको 3 dallसमीक्षा गर्दै असन्तुष्ट दललाई वार्तामा आउन पुनः संयुक्त आह्वान गर्ने नितिगत सहमति भएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पत्रकारहरुलाई जानकारी दिनुभएको छ । त्यस्तै यहाँले आज अपरान्ह बस्ने अर्को बैठकले वार्ताको मार्ग चित्र तय गर्ने बताउँनु भएको छ ।

यसवीचमा मधेसकेन्द्रीत दलले तराईका विभिन्न जिल्लामा गत ३९ दिनदेखि संविधानप्रति विमति जनाउँदै राजमार्ग अवरुद्ध गर्ने, व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा तहसनहस गर्ने, फरक विचारका नेता, सभासद् र कार्यकर्ताका घरमा आक्रमण गरी हिंसा भड्कने कार्य जारी राख्दा मधेसको जनजिवन प्रभावित बन्दै आएको छ ।