शनिबार, बैशाख १५, २०८१

असन्तुष्ट भनिएका मधेसीदलको माग समेट्न प्रम निवासमा तीनदलको बैठक

कार्यतालिकामा फेरबदल नभए भाद्र मसान्त भित्रै नयाँ संविधान जारी हुँने मार्ग प्रसस्त

काठमाडौं भाद्र २५, आगामी भाद्र मसान्त वा असोजको पहिलो साताभित्र मुलुकमा नयाँ संविधान जारी हुँने प्राय निश्चित भएको छ । त्यसो त भाद्र मसान्त भित्रै संविधान ल्याउने तयारी 3 dallसहित तय गरिएको आन्तरिक कार्यतालिकामा कुनै फेरबदल नभए भाद्र मसान्त भित्रै मुलुकले नयाँ संविधान पाउने मार्गरेखा देखिएको छ ।

यसवीचमा संविधानसभाका उपस्थित सदस्य संख्याको दुई तिहाईले समर्थन सहित विधेकका धारा पारित हुने अवस्था विद्यमान भएपनि प्रमुख तीनदलले भने संविधान निर्माणको प्रक्रियामा विमति प्रकट आन्दोलनमा होमिएका असन्तुष्ट मनिएका ति दलको माग सम्बोधनका लागि के गर्न सकिन्छ भन्दै प्रधानमन्त्रीको निवास वालुवाटारमा बैठक बसिरहेको थाआ भएको छ । जारी बैठमा असन्तुष्टका माग र संविधान निर्माण प्रक्रियाका विषयमा छलफल भइरहेको छ । संविधानमा असन्तुष्टका माग समेट्ने भन्ने प्रसंगमानै केन्द्रीत भएको  बुझिएको  छ ।