मङ्लबार, बैशाख ११, २०८१

हिंसात्मक गतिविधिप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौ भाद्र २१, नेपाली काँग्रेसले देशका विभिन्न स्थानमा केही समयदेखि भइरहेका बन्द, हडताल, ताडफोड, आगजनी एवम् हिंसात्मक गतिविधिप्रति Nepali_Congressआफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  पार्टी मुख्यसचिव ऋषिकेश तिवारीले आइतवार जारी  गर्नु भएको  विज्ञप्तिमा आन्दोलनका नाममा लोकतान्त्रिक आन्दोलनका नेता स्व गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड , जिल्ला कार्यालय, नेता तथा सभासद्का घरमाथि नियोजित आक्रमण लगायतका गतिविधीको घोर भत्र्सना गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्ना माग राख्न प्रत्येक नेपालीलाई संविधानले नै अधिकार प्रदत्त गरेको अवस्था विद्यमान रहेको अवस्थामा अराजक तथा नियोजित रुपमा स्व गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोडका घटनाले नेपाली काँग्रेसलगायत समस्त लोकतन्त्रका पक्षधरलाई अत्यन्त दुःखित र स्तब्ध तुल्याएको जनाउँदै उच्छृङ्खल, अवाच्छित र हिंसात्मक गतिविधि गर्न कसैलाई पनि छुट नभएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।