शुक्रबार, बैशाख १४, २०८१

संविधान लेखनका लागि जारी प्रक्रिया दुई दिनका लागि स्थगन

काठमाडौ भाद्र २५ , प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीवीचको बैठकले संविधान निर्माण प्रक्रियामा असन्तुष्टी जनाउँदै तराइ केन्द्रीत आन्दोलमा होमिएका मधेस केन्द्रित दलको मागअनुसार असन्तुष्ट दलसँग वार्ता गर्न भन्दै संविधान लेखनको जारी प्रक्रियालाई दुई दिन स्थगन निर्णय गरेको छ ।

 3 dallयस अघि  आन्दोलनरत मधेसी दलका विभिन्न नेताले मधेसमा परिचालित सेना फिर्ता र संविधानसभाको प्रक्रिया स्थगन गरेमा वार्ताको बातवरण बन्ने बताउँदै सम्वद्ध नेताहरुले संविधानसभाको प्रक्रिया केही समयको लागि स्थगन गर्न माग गरेका छन । यस्तो माग गर्ने नेताहरुमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव रामजनम चौधरी फोरम ९लोकतान्त्रिक९का सभासद् डा सुबोधकुमार पोखरेल तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव फोरम (गणतान्त्रिकका) अध्यक्ष राजकिशोर यादव र सद्भावना पार्टीका महासचिव मनीष सुमन लगायतले ,एक साताका लागि संविधान निर्माण प्रक्रिया रोक्न प्रमुख दल राजी भए वार्ताको वातावरण बन्न सक्ने जनाउँ दिएका थिए ।

त्यस्तै तीनदलको बैठकले प्रस्तुत आग्रह अनुरुपनै संविधान लेखनको प्रक्रियालाई दुई दिन लम्ब्याएर भए पनि आन्दोलनरत असन्तुष्ट दललाई सहमतिमा ल्याउने निष्कर्ष निकालेको बैठकमा सहभागी नेताहरुले बताउँदै यसवीचमा पनि ठोस उपलब्धि भएन भने संविधानका सबै प्रक्रिया अघि बढ्ने बताईएको छ । यदि आज संविधान लेखनको प्रक्रियालाई दुई दिन लम्ब्याएर नरोकोको हो भने प्रस्तावित कार्यतालिका अनुरुप आज संविधानसभामा दफाबार छलफल सकेर आजै शीर्ष नेताले बोलेपछि मतदानको प्रक्रिया अघि बढाउने तालिका निर्धारित गरिएको थियो ।