शुक्रबार, बैशाख १४, २०८१

वीरगन्जमा निषेधाज्ञा , हिंसात्मक कार्य गर्नेमाथि गोली हान्ने आदेश

काठमाडौं भाद्र १४ जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा आज अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फबो बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा मोडदेखि घन्टाघरसम्म र जिल्ला प्रशासन कार्यालयको चारैतर्फका सहायक ji praka birjungमार्ग, पावरहाउस चोक, राधेमाई चोक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

  साथै निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै ठाउ“मा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्ने आदेश प्रत्यायोजित गरिएको छ ।

यसअघि वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसोदेखि पटक पटक झडप भएको थियो । झडपका क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर वीरगन्ज उपमहानगरपालिका– १० का कृष्णकुमार पटेल घाइते हुनुको अलावा एक दर्जन व्यक्ति घाइते भएको प्राप्त समाचारमा उल्लेख गरिएको थियो ।