शुक्रबार, बैशाख १४, २०८१

महोत्तरी काँग्रेसको कार्यालय तोडफोड , कलैयामा गोली चल्यो

काठमाडौं भाद्र १५, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेपाली काँग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन् । बिहानैदेखि mahottari_districtप्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले नाराजुलुस गर्दै जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा अवस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा गएर तोडफोड गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

मोर्चाका कार्यकर्ताले सो पार्टी कार्यालयको एउटा कोठाको ढोका फुटाएर त्यसभित्र रहेका टेबुल, कुर्सी, कागजात लगायतका महत्वपूण सामग्री च्यातच्युत गरेको बुझिएको छ ।  यसैवीच संयुक्त मधेसी मोर्चा र प्रहरीबीच कलैयाको भरत चोकमा प्रदर्शनको क्रममा भएको झडप भएको र त्यस क्रममा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले चलाएको रबरको गोलीले केही आन्दोलनकारी घाइते भएका छन् । घाइते आन्दोलनकारीको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ ।