शनिबार, बैशाख १५, २०८१

विराटनगरमा पत्रकारको गाडी फोडियो,वीरगन्जमा झडप, सप्तरीमा माइक्रोबसमा तोडफोड सहित आगजनी

काठमाडौं भाद्र १४, बन्दकर्ताले पत्रकारको गाडीलाई निर्वाधरूपमा चल्न दिने भनिए पनि त्यसको उल्लङ्घन हुँदै आएको छ । यसैक्रममा आज मधेसी मोर्चाका बन्दकर्ताले विराटनगरमा आज बिहान दुईवटा प्रेसको गाडीमा तोडफोड गरेको थाहा भएको छ । विराटनगरस्थित मकालु टेलिभिजनको प्रेस लेखिएको बा १० च Biratnagar in Morang३९३७ नंको गाडीलाई रोडशेष चोकमा बन्दकर्ताले तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । त्यसैगरी विराटनगर–८ स्थित शिव मन्दिरनजिक हिमालय टाइम्स दैनिकको पूर्वाञ्चल क्षेत्रीय प्रमुख निर्मल ढुङ्गाना चढ्नुभएको मोटरसाइकल बन्दकर्ताले तोडफोड गरेका छन् ।

यसैवीच सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज बिहान सप्तरीको रूपनी बजारमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा तोडफोड सहित आगजनीको गरेको समाचार प्राप्त भएको छ भने वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउ“सोदेखि पटक पटक झडप भइरहेको बुझिएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटक पटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ । वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसोदेखि पटक पटक झडप भइरहेको छ ।
झडपका क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर वीरगन्ज उपमहानगरपालिका– १० का कृष्णकुमार पटेल घाइते हुनुको अलावा एक दर्जन व्यक्ति घाइते भएको बुझिएको छ । प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन व्यापक मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।